अध्यादेशपछि सवारी आवागमनमा कडाइ गरिँदै, नयाँ नियम थाहा नपाउँदा सर्वसाधारणलाई सास्ती • Image Khabar Image Khabar


अध्यादेशपछि सवारी आवागमनमा कडाइ गरिँदै, नयाँ नियम थाहा नपाउँदा सर्वसाधारणलाई सास्ती


दिपेन्द्र अधिकारी
१४ जेष्ठ २०७८, शुक्रबार १९:०७

अध्यादेशपछि सवारी आवागमनमा कडाइ गरिँदै, नयाँ नियम थाहा नपाउँदा सर्वसाधारणलाई सास्ती

दिपेन्द्र अधिकारी
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार आजबाट लागू गरिएको नयाँ नियमको पालनामा ट्राफिक प्रहरीले कडाइ गरेको छ । नयाँ नियमबारे अनविज्ञ रहँदा केही सर्वसाधारणले सास्ती पाएका छन् भने, आफ्नो कमजोरी सुधार गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरीको प्रवक्ता श्यामकृष्ण अधिकारीसमक्ष सामान्य अवस्थामा दैनिक दुई सय गुनासो आउने गर्थ्याे । तर, शुक्रबार पाँच सय बढी गुनासो आयो । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार अनुमति नलिएका २ पाङग्रे सवारी साधनलाई २ हजार र अन्य सवारी साधनलाई ५ हजार रुपैयाँ तत्काल जरिवाना गराउन सक्ने भए पनि ट्राफिक प्रहरीले भने कारबाही भन्दा पहिले मध्यमार्गी बाटो अपनाउने गरेको उहाँ बताउनुहुन्छ ।

निषेधाज्ञाको समयदेखि ट्राफिक प्रहरीले दैनिक करिब १७ सय सवारी साधन होल्ड गर्दै आएको छ । सामान्य अवस्थामा १२ लाख सवारी गुड्ने उपत्यकामा अहिलो ५० हजार हाराहारीमा सवारी गुडेका छन् । जेठ १४ गतेदेखि लागू भएको नियम बारे जानकारी नहुँदा सर्वसाधारण समस्यामा परेका छन् ।

अध्यादेशपछि सवारी आवागमनमा कडाइ गरिँदै, नयाँ नियम थाहा नपाउँदा सर्वसाधारणलाई सास्ती

सूचना सम्प्रेषणमा खटिएका सञ्चारकर्मीहरूको पास सम्बन्धमा पनि फिल्डमा खटिएको ट्राफिकहरूमा दोधारेपन देखिन्छ । कसैले सूचना विभागको परिचयपत्र माग गर्छन भने कतिपयले विभागको कार्ड नबुझ्ने भन्दै कार्यालयको परिचयपत्र माग्ने गरेका छन् । कतिपय ठाउँमा प्रमुख जिल्ला अधिकारीको सिफारिस खोज्ने गरिन्छ ।

प्रहरीले कतिपय असमझदारी आगामी दिनमा सुधार गर्ने जनाएको छ । एक महिनादेखि निषेधाज्ञा जारी रहे पनि कोरोना संक्रमितको ग्राफ सोचेअनुरुप घट्न सकेको छैन । अत्यावश्यक सेवा खुला गरी कोरोनाबाट जोगनु अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्