Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


मुग्लिङ-नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा

चितवन, असार २८ । मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिखोलामा खसेको पहिरो पन्छाएपछि सोमबार साँझ साढे ७ बजेरपछि सडक एकतर्फी सञ्चालनमा आएको हो । सुख्खा पहिरो खसेर सोमबार बिहानै देखि दुइतर्फी सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाउदै माथिबाट खस्नेक्रम नरोकिदा सवारी सञ्चालनमा ढिलाई भएको प्रहरीले जनाएको छ…