मुग्लिङ-नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा « Image Khabar


मुग्लिङ-नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा



चितवन, असार २८ । मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिखोलामा खसेको पहिरो पन्छाएपछि सोमबार साँझ साढे ७ बजेरपछि सडक एकतर्फी सञ्चालनमा आएको हो ।

सुख्खा पहिरो खसेर सोमबार बिहानै देखि दुइतर्फी सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाउदै माथिबाट खस्नेक्रम नरोकिदा सवारी सञ्चालनमा ढिलाई भएको प्रहरीले जनाएको छ ।