भरत शर्मा, पाल्पा । पाल्पाका छुट्टाछुट्टै स्थानमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
माथागढी गाउँपालिका–२ रुप्सेमा गएराति पहिरोले घर पुरिँदा ७५ वर्षीय शेरबहादुर चिदीको मृत्यु भएको छ।
यस्तै, अविरल वर्षासँगै माथागढी गाउँपालिका–३ भैसकट्टामा पहिरोले दुई घर पुरिँदा तीन जना बेपत्ता भएका छन्। आइतबार बिहान लिलबहादुर घर्ती मगरको घरमाथिबाट पहिरो खसेको बताइएको छ।
पहिरोमा परी ७५ वर्षीय लिलबहादुर घर्ती मगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी १५ वर्षीया झरना घर्ती बेपत्ता भएका प्रहरीले जनाएको छ।
उनीहरूको खोज तथा उद्धारका लागि जनप्रतिनिधिसहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको वडा अध्यक्ष तेजबहादुर घर्तीमगरले जानकारी दिनुभयो।










प्रतिक्रिया दिनुहोस्