काठमाडौं । ललितपुर महानगरपालिकाले जावलाखेलस्थित फुटबल मैदानको मर्मत गरेको छ । महानगरपालिकाको ग्रीन फेन्स ट्रान्सप्लान्ट प्रोजेक्ट अन्तर्गत मैदानमा रहेका संरचनाहरूको मर्मत गरेर उद्घाटन गरेको हो । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले पुर्नसंरचना भएको फुटबल मैदानको उद्घटन गर्नुभएको हो । कार्यक्रममा मेयर महर्जनले महानगरक्षेत्रका खाली क्षेत्रमा हरियाली पार्क र…