राधेश्याम पटेलवीरगञ्ज । वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा भर्खरै सञ्चालनमा आएको सर्वोत्तम स्टीलको भट्टीमा विस्फोट हुँदा १२ जना भारतीय कामदार घाइते भएका छन् । दिउँसो पौने १ बजेको समयमा फलाम गलाउने भट्टी पड्किँदा फलामको तरल पदार्थ उछिटिएर कामदारको जिउमा छ्यापिँदा १२ कामदार घाइते भएका हुन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले…