२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यका भाई मृत भेटिए


0
Shares

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री बन्दै गरेका एमाले नेता भीम आचार्यका भाई मृत फेला परेका छन् । सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरमा बिहीबर उनी मृत फेला परेका हुन् ।

५९ वर्षीय राम आचार्यलाई मृत फेला पारिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिनुभयो।

कोठाको ढोकाको चुक्कुल भित्रबाट लगाएको अवस्थामा ओछ्यानमै लडिरहेको अवस्थामा आचार्यको शव फेला परेको प्रहरीले जनाएको छ । उनलाई मधुमेह, उच्च रक्तचाप र डिप्रेशनको पुरानै समस्या थियो ।

घटनालगत्तै प्रहरी टोलीले आचार्यको घरमा पुगेर घटनाको अनुसन्धान थालेको छ।