बुटवल । रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ‘क्यालिब्रेशन’ उडानका लागि तयार भएको छ । विमानस्थलमा विमान उडान तथा अवतरण, धावनमार्ग र टावरमा जडित उपकरणको परीक्षण गरिने उडानलाई ‘क्यालिबेशन’ उडान भनिन्छ । यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्दै परीक्षण गर्नुपर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना आईसिबि टु का प्रमुख प्रविण न्यौपानेले जानकारी दिनुभयो…