बैतडी । अविरल वर्षाका कारण पहिरो खस्दा बैतडीको पाटन–पञ्चेश्वर सडक खण्ड अवरुद्ध भएको छ । उक्त सडकखण्डको पाटन नगरपालिका ६ चानपुरमा गएराति सडक माथिबाट खसेको पहिरोले सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा तल्लोस्वराडबाट सदरमुकाम,डडेल्ुधरा,धनगढी,महेन्द्रनगरका लागि छुटेका तथा तल्लोस्वराड भित्रिने सवारी साधन बीचबाटोमै रोकिएका छन् । यसका साथै आकस्मिक उपचारका लागि अस्पताल जान लागेका…