काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत गजुरी बजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुबसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो । छत्तीस जना यात्रु रहेको बसमा सवार सबै यात्रु सकुशल रहेपनि सामान भने जलेर नष्ट भएको छ…