वर्षाका कारण सिन्धुलीगढी सडक अवरुद्ध हुँदा समस्या « Image Khabar


वर्षाका कारण सिन्धुलीगढी सडक अवरुद्ध हुँदा समस्या



सिन्धुली । अबिरल वर्षाका कारण सिन्धुलीको सिन्धुलीगढी–चपौली–चालिसे सडक अवरुद्ध हुँदा आवत जावत र तरकारी ढुवानीका लागि कठिनाई भएको छ ।

सुनकोशी गाउँपालिका धोद्रेमा ठुलो पहिरो गएका कारण सो सडकमा यातायातका साधनहरु संचालन हुन नसकेका हुन् । प्रादेशिक सडक डिभिजन कार्यालयले पहाडी क्षेत्रमा सडक विस्तार गर्ने क्रममा जथाभावी रुपमा भत्काउने र अनियन्त्रित दोहन गर्न थालेपछि वातावरणीय विनास र भुक्षयको समस्या बढेको छ ।