काठमाडौं । प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीराम र जानकीको प्रतीकात्मक विवाह गराएर मनाइँदै छ । त्रेतायुगमा आजैको दिन राम–जानकी विवाह भएको सम्झनामा हिन्दू धर्मावलम्बीहरु विवाह पञ्चमी पर्व मनाउने गर्दछन् । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् राम र सीताको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन…