काठमाडौं । नेपालले संयुक्त राष्ट्रसंघमा इजरायलको विरुद्ध मत जाहेर गरेकोमा नेपालस्थित इजरायली राजदूत हनान गोदरले असन्तुष्टि व्यक्त गर्नुुभएको छ । ईमेज च्यानलसँगको संवादमा राजदूत गोदरले दक्षिण एसियामा नेपालले सबैभन्दा पहिलो स्वतन्त्र राष्ट्रको मान्यता दिएर पनि राष्ट्रसंघमा इजरायल विरुद्ध मत जाहेर गरेकोमा आपति जनाउनुभयो । नेपालले इजरायललाई समर्थन गर्न नसके मित्र मुलुक सम्झेर मतदानमा अनुपस्थितमात्र हुँदा…