दाङमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु « Image Khabar


दाङमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु


0
Shares

काठमाडौं । दाङको लमही नगरपालिका–६ बनघुर्सीमा आज बिहान बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

पुर्व पश्चिम राजमार्गमा रा १ ख १७७७ नम्बरको बसले साइकललाई ठक्कर दिँदा साइकलमा सवार सोही ठाउँका ५५ वर्षीय राम चरण चौधरीको मृत्यु भएको हो ।

घाइते भएको उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।