Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


बाराका किसानलाई नगरपालिकाको क्रेडिट कार्ड स्किम


0
Shares

बारा । प्रदेश २ मा पहिलो पटक निजगढ नगरपालिकाले कृषकहरूका लागि किसान क्रेडिट कार्ड स्किम सञ्चालन गर्ने भएको छ ।

नगरभित्रका कृषकलाई छिटो र सहज तरिकाले सहुलियत ऋण प्रवाह गर्ने उद्देश्यले नगरपालिकाले किसान क्रेडिट कार्ड स्किम सञ्चालन गर्न लागेको हो ।

क्रेडिट कार्डको प्रयोगबाट कृषकलाई बैंकमार्फत सामान्य कर्जामै हुने समस्या हल हुनेछ भने उक्त कार्डले कृषकलाई मल, बिउ, कृषि औजार, कृषि सामग्रीलगायत अन्य आवश्यक वस्तुहरु खरिद गर्नका लागि उपयोगी हुने निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनालले जानकारी दिनुभयो ।

कार्ड प्राप्त गर्ने कृषकले जग्गाको क्षेत्रफल र भुगोल हेरेर अधिकतम १५ लाखसम्म कर्जा प्राप्त गर्ने छन् जुन रकम कृषकले उत्पादनको बिक्रीपछि वा किस्तामा तिर्न सक्ने सुविधा नगरपालिकाले प्रदान गर्नेछ ।