काठमाडौं । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ टेङ्ग्री टोलमा भएको भीषण आगलागीबाट २५ वटा घरमा क्षति पुगेको छ । शनिबार राति दिनेश यादवको घरबाट सल्किएको आगोले दुई करोड रुपैयाँभन्दा धेरैको नोक्सानी पुर्याएको बताइएको छ । आगो बिहान ३ बजेतिर निभाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगलागी हुनुको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाको…