Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


हात्तीको आक्रमणबाट एक दम्पतिको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जंगली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मधुरा रहेका छन् । नजिकैको डिलाशैनी सामुदायिक वनबाट आएका जंगली हात्ती गाउँ पसेपछि स्थानीयले हो–हल्ला गरेका थिए । सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।…