१७ मंसिर २०८१, सोमबार | Mon Dec 2 2024


उठ्दैछन् काठमाडौं उपत्यकाका सम्पदाहरू (फोटोफिचर)


195
Shares

काठमाडौं । विनाशकारी भुकम्पले काठमाडौं उपत्यकाका सम्पदा भत्काएको ७ वर्ष हुन लागिसक्यो । सरकारले औचित्य सकिएको भन्दै पुर्ननिर्माण प्रधिकरण खारेज गरिसक्यो । तर, राजधानीको सम्पदा अझै पुननिर्माण भइरहेको छ ।

ललितपुरको ठेचो, बुङमती, पाटन, काठमाडौंको वसन्तपुर, जैसीदेवल, भक्तपुरको दरवार परिसर र दत्तात्रय वरपर धमाधम मन्दिर पाटीपौवा पुननिर्माणको काम भइरहेको देख्न सकिन्छ ।

सम्पदाको निर्माण अनि पुननिर्माण सजिलो पक्कै छैन । आस्था, विश्वाससँगै ऐतिहासिक एवं पुरातात्विक महत्वलाई जस्ताको तस्तै राख्न चुनौतीपूर्ण छ ।

पुराना पुस्ता बितेसँगै सम्पदा पुननिर्माणमा सघाउने कालिगढको समेत अभाव रहेको निमार्णमा संलग्नहरु बताउँछन् । परम्परागत प्रविधि र शीपको हस्तान्तरण र पुस्तान्तरण नहुँदा, मठ मन्दिर जीवित नै रहँदा यसमा प्रयोग गरिएको कला तथा प्रविधिको विवरणहरु संग्रह नगरिनुले पनि सम्पदा निर्माणमा ढिलाई भइरहेको छ ।

वसन्तपुरस्थित हनुमानढोका ।
काठमाडौंको जैसीदेवल ।
बसन्तपुरमा देगुतलेजु(अग्लो) कृष्ण मन्दिर (विच) र जगन्नाथ मन्दिर ।
वसन्तपुरको नौतले दरवार ।
ललितपुरको ठेचोस्थित ब्रम्हायणी मन्दिर ।
ललितपुरको ठेचोमा रहेको ब्रम्हायणी मन्दिर ।
पाटन दरवारपरिसरमा माजु तलेजु ।
वसन्तपुरस्थित निर्माणाधिन माजुदेवल मन्दिरलगायत ।
पशुपतिनाथ भक्तपुर ।
फसिदेग शिलु महादेव भक्तपुर ।
बंशीगोपाल भजन भक्तपुर ।
लक्ष्मीनरसिंह मन्दिर, भक्तपुर ।

तस्विरः न्युज एजेन्सी नेपाल