काठमाडाैं । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेश सम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ। आज (आइतबार) बिहान प्रदेश-१, मधेश प्रदेश, र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेकाे छ । साथै बाँकी भू-भागमा भने आंशिकदेखि सामान्य बदली भएकाे छ । त्यस्तै, प्रदेश-१, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा समेत भइरहेको माैसम पूर्वानुमान महाशाखाले…