चितवनको रत्ननगर अस्पताल आइतबार पनि खुल्ने « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Wed Jun 29 2022


चितवनको रत्ननगर अस्पताल आइतबार पनि खुल्ने


91
Shares

काठमाडौं । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालले आइतबार पनि नियमित बहिरङ्ग सेवा सञ्चालन गर्ने भएको छ ।

लगातार दुई दिन बिदा हुँदा बिरामीको चाप बढेको र सेवा लिन कठिन भएकाले आइतबार पनि बहिरङ्ग सेवा सञ्चालन गर्ने भएको हो ।

अस्पतालले एक सूचना प्रकाशित गरी आइतबारको दिनसमेत पूर्ववत् रुपमा बहिरङ्ग सेवा सञ्चालन गरिने जनाएको हो ।

यही जेठ २२ गतेबाट यो नियम लागू हुने जनाइएको छ । सूचनामा अस्पतालको शुक्रबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको उल्लेख छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. विश्वबन्धु बगालेले सातामा दुई दिन बिदा हुँदा सोमबार एकै दिन बिरामीको चाप बढेकाले आइतबार पनि नियमित बहिरङ्ग सेवा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । बिरामीको चाप दिनदिनै बढदै गएकाले सेवा अवधि घटाउँदा झन धेरै चाप परेको उहाँले बताउनुभयो ।

सरकारले वैशाख २६ गतेको राजपत्रमा सूचना प्रकाशित गरी जेठ १ गतेदेखि आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।