पाल्पाको बगनासकाली गाउँपालिकाले अपाङ्गता भएका सबैलाई भत्ता दिने « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


पाल्पाको बगनासकाली गाउँपालिकाले अपाङ्गता भएका सबैलाई भत्ता दिने


65
Shares

पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिकाले फरक क्षमता (अपाङ्गता) भएका सबै व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ ।

सरकारले यसअघि रातो र नीलो कार्ड भएकालाई मात्रै भत्ता उपलब्ध गराएकामा पालिकाले भने पहेँलो र सेतो कार्ड प्राप्त सबै अपाङ्गता भएका व्यक्तिलाई भत्ता दिने निर्णय गरेको छ ।

पहेँलो कार्ड भएकालाई मासिक पाँच सय र र सेतो कार्ड भएकालाई मासिक तीन सयका दरले अपाङ्गता भत्ता उपलब्ध गराउने पालिकाले निर्णय गरेको छ । निर्णयपछि यहाँका स्थानीय खुसी भएका छन् ।

महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक एक हजार प्रोत्साहन भत्ता दिने निर्णय गाउँपालिकाले गरेको छ । उक्त कार्यक्रम आगामी साउन १ गतेबाट लागू हुने अध्यक्ष सरस्वती चिदीले बताउनुभयो ।

हिंसापीडित महिलाका लागि लक्षित गरी परामर्श केन्द्र सञ्चालन गर्ने पालिकाले जनाएको छ । गाउँपालिकाअन्तर्गत रहेका लिफ्टिङ खानेपानी योजनामा ६० प्रतिशत विद्युत् शुल्क पालिकाले बेहोर्ने निर्णयसमेत भएको छ ।