Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


बाराकाे सिमरामा चक्कु प्रहार गरी एक युवकको ह-त्या, घटानामा संलग्न ३ जना पक्राउ


702
Shares

काठमाडाैं । बाराको जीतपुर सिमरा उपमहानगरपालिका-२, सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ ।

स्थानीय होटलमा दुई पक्षबीच भएको विवादका क्रममा चक्कु प्रहारबाट जीतपुर सिमरा उपमहानगरपालिका-२ का ३५ वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको हो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्काको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएकाे छ।

घटनापछि तनाव ग्रस्त बनेको स्थितिलाई नियन्त्रणमा लिँदै घटनामा संलग्न रहेका मुख्य आरोपित जितपुर सिमरा उपमहानगरपालिका–२ का २२ वर्षीय आयुष राईसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हाे।

मृतकको शव अस्पतालमै रहेको र घटनाकाे बारेमा थप अनुसन्धान शुरु गरिएको प्रहरी कार्यालयले जनाएकाे छ।