काठमाडौं । सुवा र नुवाकोटसहित देशका १७ जिल्लामा आइतबार पनि आकस्मिक बाढीको जोखिम रहेको पूर्वानुमान गरिएकाे छ ।
बाढी पूर्वानुमान महाशाखाले भारी वर्षासँगै कतिपय साना-ठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको हाे । आइतबार धनकुटा, उदयपुर, सिन्धुली, खोटाङ, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, बर्दिया र आसपासका जिल्ला भई बहने स-साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएकाे छ।
साेही जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको हाे। महाशाखाले देशका केही ठूला नदीमा पनि बहाव उल्लेख्य रुपमा बढ्ने पूर्वानुमान गरेकाे छ ।









प्रतिक्रिया दिनुहोस्