पाल्पा । नेपालको ताजमहलका रूपमा चिनिएको पाल्पाको रानीमहल दरबार संग्रहालयका रूपमा विकसित गरिएको छ । खड्गशम्शेरले निर्माण गरेको यो दरबारमा उनले प्रयोग गरेका भाँडा, मूर्ति, शंख शालिग्रामजस्ता सामग्री राखिएको छ । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पहिलो चरणमा सरसफाइ, खानेपानी, विद्युत्, इन्टरनेट क्यामेरालगायतका सामग्रीको व्यवस्थापन भएको बताउनुभयो । यसका लागि झण्डै ४० लाख खर्च भइसकेको…