हज यात्राका लागि शुल्क निर्धारण, जेठ २३ गतेभित्र रकम जम्मा गर्न आग्रह « Imagekhabar – Online News Portal of Nepal
१७ असार २०७९, शुक्रबार | Fri Jul 1 2022


हज यात्राका लागि शुल्क निर्धारण, जेठ २३ गतेभित्र रकम जम्मा गर्न आग्रह


403
Shares

काठमाडौं । साउदी अरब सरकारले निर्धारण गरे अनुसारनै हज यात्रा गर्नका लागि शुल्क निर्धारण गरिएको नेपाल हज समितिले बताएको छ ।

नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले साउँदी अरब सरकारले निर्धारण गरे अनुसारनै मक्कामा हज यात्राका लागि शुल्क निर्धारण गरिएको प्रष्ट्याउनु भएको हो ।

उहाँले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी साउँदी अरब सरकारको निर्णय अनुसारनै यस वर्षको हज यात्राका लागि शुल्क वृद्धि भएको पनि स्पष्ट पार्नुभयो । शुल्क वृद्धि गरेर समितिका पदाधिकारीहरुले अनियमितता गरेको चर्चा भईरहेका बेला अध्यक्ष मियाँले यस्तो जवाफ दिनुभएको हो ।

उहाँले साउदी अरब सरकारले नै वृद्धि गरेर शुल्क निर्धारण गरेको र सोही अनुसार अघि बढदा हजयात्राका लागि शुल्क वृद्धि हुन पुगेको उल्लेख गर्नुभयो । अध्यक्ष मियाँले यस वर्षको हजयात्रीहरुलाई आगामी असार १५ गते भित्र मक्का पु¥याई सक्ने गरी आवश्यक तयारी भईरहेको पनि बताउनुभयो ।

समितिले छनौट भएका हज यात्रीहरुलाई तोकिएको शुल्क यही जेठ २३ गते भित्र जम्मा गरि सक्न पनि सचेत गराएको छ । समितिका अध्यक्ष मियाँले त्यसका लागि जेठ १६ गतेको गोरखापत्र दैनिकमा सार्वजनिक सूचना जारी गरिएको पनि बताउनुभयो ।

सरकारले विगत वर्षहरुमा झैं यस वर्ष पनि हज यात्राका लागि ४, ६३, ३९३ रुपैयाँ शुल्क रकम तोकेको छ । आर्थिक अवस्था कमजोर भएका इस्लाम धर्मावलम्वीहरुले हज यात्रा गर्न कठिनाई हुने भएकाले ५० प्रतिशत अनुदान उपलब्ध गराउन पनि पहल भईरहेको समितिले जनाएको छ ।