काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित हुनुभएको छ । व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिह गर्न न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच भएको घुस लेनदेनको अडियो सार्वजनिक भएपछि न्यायपरिषद्ले कोइरालामाथि छानविन गर्न तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । समिति गठन भएको सूचना सोमबार राजपत्रमा प्रकाशित भएसँगै न्यायाधीश कोइराला निलम्बनमा पर्नुभएको हो…