आईजीपी नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


आईजीपी नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा


169
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको मुद्दामा अर्को सुनुवाइको पेशी असार १९ गतेलाई तोकिएको छ ।

कायममुकायम प्रधानन्यायाधीश दिपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त ईजलासमा भएको सुनुवाइ नसकिएपछि ईजालसले मुद्दा हेर्दाहेर्दैमा राखेर असार १९ गतेलाई अर्को पेशी तोकेको हो ।

इजलासमा सोमबार सरकारका तर्फबबाट महान्यायाधिवक्ता खम्ब बहादुर खाती, सहन्यायाधीवक्ताहरु खेमराज ज्ञवाली, हरिदत्त जोशी, शोमकान्त भण्डारी र नायव महान्यायाधिवक्ता कृष्णजिवि घिमिरेले बहस गर्नुभएको छ ।

यस्तै, रिट निवेदनमा प्रतिवादी बनाईएका आईजीपी धिरजप्रताप सिंहका तर्फबाट वरिष्ठ अधिवक्ता डा. भिमार्जुन आचार्यले सोमबार बहस सुरु गर्नभएको थियो । गत असार ५ गते यही ईजलाससले सुनुवाईका लागि आजको मिति तोकेको थियो ।

यसअघि गत बैशाख २२ गते न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै जेठ १७ देखि पूर्ण सुनुवाई गर्ने निर्णय गरेको थियो ।

सरकारले आईजीपीमा सिंहलाई बढुवा गरेपछि एआईजी विश्वराज पोखरेलले सरकारको निर्णयविरुद्ध अदालतमा रिट दर्ता गर्नुभएको थियो । एआईजी पोखरेलले सरकारले बरीयता मिचेर आफूभन्दा कनिष्ठ सिंहलाई आइजीपीमा नियुक्त गरेको भन्दै त्यसविरुद्ध मुद्दा दायर गर्नुभएको हो ।