काठमाडौं । काठमाडौंको गौशाला नजिकै पिंगलास्थानबाट लागूऔषध कारोबारको आशंकामा दुई भारतीय नागरिक पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले साेमबार राति गोली चलाएर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । गोली लागेर भारतको बिहार घर भएका अनिल कुमार पासवान घाइते भएको प्रहरीले बताएकाे छ। घुँडामुनि गोली लागेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको हाे…