Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


सरकारकै योजनामा सञ्चारमाध्यम, व्यावसायिक प्रतिष्ठान र आफ्नो घरकाे अगाडि गाडी पार्किङ गरेकाे कांग्रेसकाे आरोप  


0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले सञ्चारमाध्यम, व्यावसायिक प्रतिष्ठान र आफ्नो समेत घरकाे अगाडि सरकारकै योजनामा गाडी पार्किङ गरेकाे बताउनुभएकाे छ।

सभापति थापाले रातोपुलस्थित आफ्नो पुरानो घर जाने बाटोमा गाडी राखेर आवतजावत अवरुद्ध गरिएको भन्दै त्यसमा पनि सरकारको संलग्नता रहेको आशंका व्यक्त गर्नुभएकाे हाे । सभापति थापाले सोमबार बिहान करिब ७ बजे दुई जना व्यक्ति आएर घरको मुखमै गाडी पार्क गरेकाे बताउनुभयाे ।

स्थानीय बासिन्दाले दिएको जानकारी उद्धृत गर्दै उहाँले गाडी राख्ने व्यक्तिहरू त्यसपछि प्रशासनको गाडी चढेर गएको देखेको बताउनुभएकाे छ । सभापति थापाले स्थानीयले साेमबार दिउँसै उक्त घटनाकाे बारेमा जानकारी गराएको उल्लेख गर्दै यसमा सबै भन्दा अचम्मलाग्दो पक्ष सरकार स्वयं संलग्न भएको जस्तो देखिएको आरोप लगाउनुभयाे ।