काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले पछिल्लो समय सञ्चारमाध्यमको संख्यामा भएको वृद्धिलाई दृष्टिगत गर्दै कार्यविधि (टीओआर) परिमार्जनको आवश्यकता रहेकाे बताउनुभएकाे छ।
सञ्चारकर्मीहरूसँग आयोजित छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । संसदीय मामिलामा पत्रकारितालाई थप व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन न्युनतम मापदण्ड तय गरिनुपर्नेमा जोड दिनुभएको छ । संसदीय मामिलामा रिपोर्टिङ गर्ने सञ्चारकर्मीहरूको भूमिकालाई प्रभावकारी बनाउन संसद सचिवालयसँग समन्वय गरी आवश्यक प्रशिक्षणको व्यवस्था गर्नुपर्नेमा जाेड दिनुभएकाे छ। उपनेता पराजुलीले सांसद र सञ्चार जगत दुवैको जवाफदेहिता समान हुने उल्लेख गर्नुभयो ।
सञ्चारमाध्यममाथि अंकुश लगाउन खोजिएको हो कि भन्ने जिज्ञासाको खण्डन गर्दै उहाँले प्रेस स्वतन्त्रताप्रति पार्टी प्रतिवद्ध रहेको प्रष्ट पार्नुभएकाे छ । उपनेता पराजुलीले आगामी दिनमा कानून निर्माणको प्रक्रिया र संसदीय भूमिकामा सञ्चारकर्मीहरूसँग नजिक रहेर सहकार्य गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।









प्रतिक्रिया दिनुहोस्