काठमाडौं । मासिदो क्रममा रहेको सिमसार जोगाउन कोशी टप्पु वन्यजन्तु आरक्षअन्तर्गतको मध्यवर्ती क्षेत्रको ४५ हेक्टर क्षेत्र सफाइको काम थालिएको छ । सिमसार मासिँदा लोप हुन थालेका माछा र चरासहितका सरिसृप प्रजाति जोगाउने आरक्ष हातासँगै मध्यवर्ती क्षेत्रमा पर्ने सिमसार क्षेत्र संरक्षणको काम अघि बढाइएको हो । संरक्षणको काममा सिमसारमा आश्रित समूदायलाई रोजगारी प्रदान गरिएको छ ।…