१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


विपदमा परि मधेशमा पाँच सयको मृत्यु


39
Shares

काठमाडौं । मधेश प्रदेशमा चालु आर्थिक वर्षको ११ महिनामा विपद्का घटनामा परेर ५ सय १ जनाको मृत्यु भएको छ ।

२०७८ साउनदेखि २०७९ जेठसम्ममा प्रदेशका विभिन्न जिल्लामा भएका एक हजार ७ सय १ विपद्का घटनामा १ सय ८२ पुरुष, १ सय ८ महिला र १ सय ४३ बालबालिकाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

सो अवधिमा विपद्का घटनामा परेर २ सय १० महिला, १ सय ३७ पुरुष र ६१ बालबालिका घाइते भएका थिए भने एक पुरुष, दुई महिला र पाँच बालबालिका बेपत्ता भएको जनाइएको छ ।

सो अवधिमा मधेशमा ६ हजार २ सय २३ सवारीसाधन दुर्घटनामा ४ सय ३५ पुरुष, ८४ महिला र ३० बालबालिकाको मृत्यु भएको छ भने सात हजार ९ सय ४५ जना घाइते भएको जनाइएको छ ।