डोल्पामा जिप दुर्घटना हुँदा चालकको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


डोल्पामा जिप दुर्घटना हुँदा चालकको मृत्यु


26
Shares

काठमाडौं । डोल्पाको ठुलीभेरी नगरपालिका–९ डाँगीवाडामा आज शुक्रबार बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

सुकपानीबाट डाँगीवाडातर्फ जाँदै गरेको भे १ च १६११ नम्बरको जिप दुर्घटना हुँदा स्थानीय ३५ वर्षीय पुर्ण प्रसाद डाँगीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल दुनैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।