हेलम्बु । पहिलोपटक पथान्तरण भएको ९ महिनापछि पुनः मेलम्ची नदीको पानी सुरुङमार्फत काठमाडौं पठाइएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले मंगलबार अम्बाथान हेडबक्सको १ नम्बर गेटबाट पानी पथान्तरण गरि ३८ नम्बर गेट खोलेर सुरूङमा पानी पठाउनुभएको हो । पथान्तरण गरिएको पानी १५ देखि १७ दिनमा काठमाडौं पुग्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासुदेव पौडेलले…