जुम्लामा जिप दुर्घटना हुँदा १० घाइते « Imagekhabar – Online News Portal of Nepal
११ असार २०७९, शनिबार | Sat Jun 25 2022


जुम्लामा जिप दुर्घटना हुँदा १० घाइते


130
Shares

जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका–२ बाबिरामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

जुम्ला सदरमुकाम खलंगादेखि कालिकोटको नाग्म जाँदै गरेको भे १ ज १२२० नम्बरको जिप दुर्घटना हुँदा सबै १० जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

‘अहिले घाइतेको उद्धार भइरहेको छ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको एम्बुलेन्स घाइते लिन गइरहेको छ,’ डीएसपी चन्दले भन्नुभयो ।

तीव्र गतिमा आएको जिप सडकबाट सिधै खोलामा खसेको स्थानीय लोकबहादुर दमाइले जानकारी दिनुभयो ।