काठमाडौं । मधेश प्रदेशमा चालु आर्थिक वर्षको ११ महिनामा विपद्का घटनामा परेर ५ सय १ जनाको मृत्यु भएको छ । २०७८ साउनदेखि २०७९ जेठसम्ममा प्रदेशका विभिन्न जिल्लामा भएका एक हजार ७ सय १ विपद्का घटनामा १ सय ८२ पुरुष, १ सय ८ महिला र १ सय ४३ बालबालिकाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले…