इलाम, साउन २८ । इलाममा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १४ विद्यार्थी घाइते भएका छन् । मेची राजमार्गको बागखोरमा विपरित दिशाबाट आउँदै गरेको ट्रकलाई साइड दिने क्रममा आज बिहान बस दुर्घटना भएको हो । राँके बजारबाट विद्यार्थी बोकेर रक्से आउँदै गरेको आशादीप बोर्डिङ स्कुलको मे१ख १९५५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी…