Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


बाह्रदशी पूर्ण खोप सुनिश्चित गाउँपालिका

झापा । जिल्लाको बाह्रदशी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिका भित्र रहेका लक्षित बालबालिकालाई पूर्ण मात्रामा खोप लगाएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको गाउँपालिका घोषणा गरिएको हो । बाह्रदशी गाउँपालिकामा एक वर्ष मुनिका ६ सय ९४ जना लक्षित समूहका बालबालिका रहेको गाउँपालिकाका स्वास्थ शाखा प्रमुख रामकुमार साहले बताउनुभयो ।