
काठमाडौं । कपनमा भीषण आगलागी भएको छ । आगलागी भएकाे स्थानबाट विस्फोटको आवाज आएकोले ग्याँसको भण्डारणमा आगलागी भएको हुन सक्ने स्थानीयले बताएका छन् ।
कपनकाे गुम्बाभन्दा तल आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएकाे छ ।

आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । काठमाडौं, ललितपुर, सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल बोलाइएको प्रहरीले जनाएको छ ।
मानविय क्षति र भौतिक क्षति तथा आगलागीको कारण यकिन भएको छैन । थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्