Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


एनभीएलमा मधेश वारियर्सकाे खप्तडमाथि सहज जित


0
Shares

काठमाडाैं । नेपाल भलिबल लिग (एनभीएल) मा मधेश वारियर्सले पहिलो जित हासिल गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा मंगलबार साँझ भएको पहिलो खेलमा मधेशले खप्तड फाल्कन्स सुदूरपश्चिमलाई ३–० सोझो सेटले पराजित गरेकाे हाे। मधेशले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२३ ले जित्यो । मधेश यसअघि लगातार तीन खेलमा पराजित भएको थियो । त्यस्तै, खप्तडको यो लगातार तेस्रो हार हो ।

६ वटा टोली सहभागी पहिलो संस्करणको एनभीएलको विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएकाे छ । प्रतियोगिताको फाइनल खेल भदाै २८ गते हुने भएकाे हाे ।