काठमाडौँ । माइतीघर मण्डलामा एक महिलाले आत्मदाह प्रयास गरेकी छन् ।
माइतीघर मण्डलामा मंगलबार साँझ गोरखा घर भएकी ३० वर्षीया लक्ष्मीदेवी बस्नेतले आत्मदाह प्रयास गरेकी हुन् ।
प्रज्वलनशील पदार्थ खन्याएर शरीरमा आगो लगाएकी उनलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि ट्रमा सेन्टर पठाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्