स्याङजा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको कच्ची सडक २८ वर्षपछि कालोपत्रे हुने भएको छ । २०५१ सालमा निर्माण गरिएको ७ किलोमीटर सडक हिउँदको समयमा धुलाम्य तथा वर्षाको समयमा हिलोले सास्ती हुँदै आएको थियो । गाउँपालिका प्रवेशको प्रमुख सडक वर्षौदेखि मर्मत हुन सकेको थिएन । दरौ खोलाको तट्बाट रमणीय फाँटहरुलाई पार गर्दै हेलुबजारसम्म ७ किलोमिटर सडकमा…