
काठमाडौं । वरिष्ठ पत्रकार केदारमान सिंह श्रेष्ठको ८१ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि मुटु रोगबाट पीडित सिंहको बुधबार उपचारका क्रममा काठमाडौंमा निधन भएको हो ।
सिंहले फ्रान्सेली समाचार एजेञ्सी ए.एफ.पी. मा ४० वर्ष र बीबीसीमा २० वर्ष नेपाल प्रतिनिधि भएर काम गर्नुभएको थियो ।
२०४६ सालको जनआन्दोलनका क्रममा सिंहले बीबीसीमा पठाउने समाचार आन्दोलनकाकारीका लागि घटनाको विश्वासिलो स्रोत हुने गर्दथ्यो ।
सिंहका पत्नी, एक छोरा र एक छोरी हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्