१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


कपन आगलागी अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो


4.992k
Shares

काठमाडौं । काठमाडौंको कपनमा भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ।

बुधबार बेलुकी पौने ७ बजे कपनको इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा हालसम्म तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले जानकारी दिए ।

स्थानीय टंक घिसिङको घरमा अचानक आगो भएको हो । घरमा रहेको ग्यास सिलिन्डर पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ।

मृतकको पहिचान खुलेको छैन। उनीहरूलाई टिचिङ अस्पताल महाराजगन्ज लगिएको छ । घाइते एक जनालाई उपचारका लागि लगिएको बताइएको छ ।

दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।