भक्तपुरमा पर्यटक बसको ठक्करबाट बृद्धाको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022


भक्तपुरमा पर्यटक बसको ठक्करबाट बृद्धाको मृत्यु


169
Shares

काठमाडौं । भक्तपुरको सूर्यविनायक चोकमा आज बिहीकार बिहान पर्यटक बसको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ ।

सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा १ प १५५१ नम्बरको पर्यटक बसले बिहान ८ बजे पैदल हिडिरहेकी भक्तपुर नगरपालिका–१ की ७२ वर्षीया दिलमाया श्रेष्ठलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

गम्भीर घाइते भएकी उनको उपचारका क्रममा डा. ईवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस सहित चालकलाई प्रहरी वृत्त जगाती भक्तपुरले नियन्त्रणमा लिएको छ ।