बाग्लुङमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु, परिचालक घाइते « Imagekhabar – Online News Portal of Nepal
१३ आश्विन २०७९, बिहीबार | Fri Sep 30 2022


बाग्लुङमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु, परिचालक घाइते


182
Shares

काठमाडौं । बाग्लुङको निसिखोला गाउँपालिका–६ मा आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने परिचालक घाइते भएका छन् ।

रा १ त ४११६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टर चालक पुर्वी रुकुमको उत्तर गंगा गाउँपालिका–१३ का २४ वर्षीय सुरेन्द्र गुरुङको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका परिचालक सोही ठाउँका २३ वर्षीय प्रचण्ड सेरचनको स्थानिय मेडिकलमा उपचार भईरहेको छ ।

ट्रयाक्टर अनियन्त्रित भएर सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ बाग्लुङले जनाएको छ ।