काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको अवसरमा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई आज टीका लगाइदिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे देखी साढे एघार बजेसम्म उनले दुर्गा भवानीको प्रसाद टीका र जमरा लगाइदिएका हुन् । प्रधानमन्त्रीको हातबाट टीका थाप्न सरकारी उच्च पदस्थ कर्मचारी, पूर्व सांसद,पूर्व प्रहरी, सञ्चारकर्मीलगायत सर्वसाधरण बालुवाटार पुगेका थिए । त्यस्तै,…