Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


कृष्णनगरमा लगाइएको कर्फ्यु हटाइयो, अवस्था सामान्य बन्दै

कपिलबस्तु । दुर्गाभवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले हिजो साँझ लगाएको निषेधाज्ञा (कर्फ्यु) अपराह्न १२ बजेसम्मका लागि हटाइएको छ । स्थानीय युवाबीच झडप भएपछि हिजो साँझ ५ बजेदेखि निषेधाज्ञा लगाइएको थियो । आज विहान ८ बजेदेखि १२ बजेसम्मका लागि निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले जानकारी दिए ।…