हेटौंडा, माघ १० । राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरगढीको संरक्षण र सुरक्षा गर्नु जरुरी रहेको बताएकी छन् ।
मकवानपुरको गढी गाउँपालिकामा रहेको ऐतिहासिक मकवानपुरगढीको २५६औं विजयोत्सव समारोहको बिहीबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विभिन्न राष्ट्रिय मार्गहरुले जोडिएको गढीको अझै महत्व बढेको बताइन् ।
नेपाल सरकारले पनि गढी संरक्षणका साथै त्यस क्षेत्रको वन संरक्षणका लागि काम गरिरहेको उनको भनाइ थियो ।
अंग्रेजविरुद्धको लडाइँमा विजयप्राप्त गरेको सम्झनामा मकवानपुरगढीको २५६औं विजयोत्सव मनाइएको हो ।









प्रतिक्रिया दिनुहोस्