
काठमाडौं, माघ ९ । प्रतिनिधिसभाअन्तर्गत्को कानुन, न्याय तथा मानवअधिकार समितिले विभिन्न विषयगत विधेयकहरुमाथि छलफल गरेको छ ।
समितिको बुधबार बसेको बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमाथि मन्त्रालयगत छलफल भएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापालाई छलफलमा बोलाइएको थियो ।
यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल र वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलाई पनि छलफलका लागि बोलाइएको थियो ।
सरकारले यसअघि ५६ ओटा विषय समेटेर केही नेपाल ऐन संशोधन गर्ने विधेयक प्रतिनिधिसभाको विधेयक शाखामा पठाएको थियो ।
प्रतिक्रिया दिनुहोस्